images
images

जेठ पहिलो साता “नेपाल चेम्बर एक्स्पो २०२३” आयोजना हुने


  • 222
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    जेठ पहिलो साता “नेपाल चेम्बर एक्स्पो २०२३” आयोजना हुने

    काठमाडौं । जेठ पहिलो साता “नेपाल चेम्बर एक्स्पो २०२३” आयोजना हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा जेठ ४ देखि ८ गते सम्म पाँच दिन छैठौं संस्करणको उक्त एक्स्पो गरिने भएको हो । 

    सो एक्स्पोमा १५० भन्दा बढी स्टल रहनेछन् । उक्त एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, फ्लोरिङ र फर्निसिङ, गृह उपकरण, फेसन पहिरन र सहायक उपकरण, गार्मेन्ट र टेक्सटाइल, मोबाइल र ग्याजेटहरू, एफएमसीजी, हाइड्रो, रसद, हस्तशिल्प र ह्यान्डलूम, जुत्ता र छालाका वस्तुहरू, सौन्दर्य प्रसाधन, खाद्य र दुग्ध उत्पादनहरूका स्टल रहने जनाइएको छ । 


    उक्त एक्स्पोमा अन्तर्राष्ट्रिय व्यापारिक समुदमयको समेत प्रत्यक्ष सहभागीता रहने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने चेम्बरकोे विश्वास रहेको छ । 


    images
    images

    Logo