images
images

मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना र रात्रीकालीन बजार सुरक्षाबारे छलफल


  • 208
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना र रात्रीकालीन बजार सुरक्षाबारे छलफल

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरका बीचमा भेटवार्ता भएको छ ।

    बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ ।

    नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रीकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउनका लागि प्रहरी प्रमुख कुँवरलाई आग्रह गरे ।

    उनले बुटवल क्षेत्रमा लागूपदार्थ दुव्र्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।

    नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए।

    भेटका क्रममा प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाए । उनले रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूणर् शहर बनाउनका लागि प्रहरी संगठनले सहयोग गर्ने बताए ।


    images
    images

    Logo