यसका साथै प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप राइमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। विहीबार प्रहरीले अदालतमा उपस्थित गराएसँगै अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सन्दीप रायमाझीमार्थि नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्रताको आरोपमा प्रहरीले बुधबार बेलुका बुटवलबाट पक्राउ गरेको थियो । प्रहरीले उनीलाई विहीबार विहान हवाई जहाजबाट काठमाडौं ल्याएको थियो ।
प्रहरीले रायमाझीलाई म्याद लिनको लागि अदालतमा उपस्थित गराएको थियो । उपस्थित गराएसँगै उनलाई ३ दिन हिरासतमा राख्नको लागि अदालतले आदेश दिएको छ । रायमाझीविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।



