काठमाडौं । सिडिएससीको सेवा आज बेलुका ५ बजेदेखि अबरुद्ध हुने भएको छ । सिडिएससी विहीबार एक सुचना जारी गर्दै आज बेलुका ५ बजेदेखि एक दिन सेवा अबरुद्ध हुने जनाएको हो ।
सिडिएससीका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण (सर्भर माइग्रेसन) गर्नुपर्ने भएकाले सेवा अबरुद्ध हुने लागेको जनाएको छ ।
सिडिएससीका अनुसार आज साँझ ५ बजेदेखि अधिकतम एक दिनसम्म सेवा अवरुद्ध हुने छ ।
