images
images

विज्ञापनमा अनुमति लिन महानगरको निर्देशन, नलिए महानगरले हटाउने


  • 244
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    विज्ञापनमा अनुमति लिन महानगरको निर्देशन, नलिए महानगरले हटाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । 

    महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो । 

    तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । 

    त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गाधनीबाट असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ । 


    images
    images

    Logo