काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । विबीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै उच्च मूल्य हो।
बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि चैत २२ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
त्यस्तै, तेवावी सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।