काठमाडौं । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोप लागेको छ ।
सन्दीप बुधबार साँझ बुटवलमा पक्राउ परेका हुन् । उनलाई बिहीबार काठमाडौं ल्याउने तयारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले उनीसहित उनका बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सोहि काण्डमा संलग्न भएको आरोपमा प्रहरीले बुधबारै उपराष्टपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राइलाइ पनि पक्राउ गरेको थियोे ।