काठमाडौँ । संघीय संसद्को दुवै सदनको वजेट अधिवेशन वैशाख २४ गतेका लागि आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषदको सिफारिसमा आगामी वैशाख २४ गतेका लागिसंसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० को सिफारिसमा वैशाख २४ गते आइतबार दिउसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।