images
images

कोरोनाबाट थप ९१ जना संक्रमित, सबै भन्दा बढी संक्रमण उपत्यकामा


  • 229
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    कोरोनाबाट थप ९१  जना संक्रमित, सबै भन्दा बढी संक्रमण उपत्यकामा

    काठमाडौं । कोरोनाबाट थप ९१ संक्रमित भएका छन् । संक्रमित हुने सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ३६ जनाको पीसीआर परीक्षणबाट २७ जना र २ हजार १ सय ९६ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण पाइएको हो । 

    यो संगै सक्रिय संक्रमितको संख्या २ सय २० पुगेको छ । संक्रमितमध्ये  काठमाडौं उपत्यकामा २५ जना संस्थागत आइसोलेसनमा, १२ जना आईसीयूमा उपचार भइरहेको छ । 

    त्यसैगरी पछिल्लो समय उपत्यकामा संक्रमित अस्पताल भर्ना हुने क्रम बढेको छ । पछिल्लो समय ५९ जना संक्रमणमुक्त भएका छन् । बुधबार ३ हजार ८ सय ९४ जनाले खोप लगाएका छन् । कोरोनाबाट हालसम्म १२ हजार ३० जनाको मृत्यु भइसकेको छ ।


    images
    images

    Logo