images
images

ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाए


  • 348
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाए

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ । 

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । 

    जिल्लाको डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेलको घरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

    त्यसैगरी ट्रकको ठक्करबाट घाइते भएका बन्दीपुर–१ बस्ने वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८ का समिर भुजेल र वर्ष ५ का सन्तोष भुजेलको उपचार भइरहेको छ । 

    दुर्घटनाको विषयलाई लिएर पूर्णरुपमा बन्द रहेको पृथ्वीराजमार्ग सडक दिउँसोदेखि सञ्चालनमा आएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 


    images
    images

    Logo