काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैतमहिनासम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चैत महिनामा जीवन बीमा कम्पनीले १ करोड ४१ लाख ६५ हजार ९ सय ९८ वटा बीमा पोलिसी विक्री गरी कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिसम्ममा यी कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्म्मा कम्पनीले २७ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १२ अर्ब ९४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १० करोड बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले ६ अर्ब २० करोड आर्जन गरेको छ । यूनियन लाइफले ५ अर्ब ७५ करोड आर्जन गरेको छ । एशियन लाइफले ५ अर्ब १९ करोड आर्जन गरेको छ । सिटिजन लाइफले ४ अर्ब १ करोड, मेट लाइफले ३ अर्ब ८७ करोड, प्राइम लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, आइएमई लाइफले २ अर्ब ९८ करोड, सन नेपाल लाइफले २ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफले २ अबए ७४ करोड, गुराँस लाइफले २ अर्ब २४ करोड, रिलायन्स लाइफले २ अर्ब १२ करोड, सानिमा लाइफले १ अर्ब ७० करोड, प्रभु लाइफले १ अर्ब ५५ करोड, महालक्ष्मी लाइफले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सानिमा र रिलायन्स लाइफले एकिकृत कारोबारपछि २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।



