काठमाडौं । नेकपा एमालेका सचिव टोपवहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको हो ।
यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि उनीहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।सन्दीपले एक करोडको चेक लिएको जनाइएकाे छ । २०७७ पुस ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा टोपवहादुर रायमाझी ऊर्जामन्त्री भएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार पक्राउ गरेको छ ।



