images
images

भारतको पाँचौँ ठूलो एयरलाइन्स कम्पनी टाट पल्टियो, उडानहरु रद्द


  • 263
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    भारतको पाँचौँ ठूलो एयरलाइन्स कम्पनी टाट पल्टियो, उडानहरु रद्द

    आर्थिक संकटका कारणले गर्दा भारतको एक निजी एयरलाइन्स ‘गो फस्र्ट’ ले तीन दिनका लागि बुधबारदेखि उडानहरु रद्द गरेको छ । कम्पनीले विज्ञप्ती जारी गर्दै तीन दिनका लागि उडान रद्द गरेको हो । 

    उक्त एयरलाइन्सले उडान रद्द गरिएका दिनको टिकटको पैसा फिर्ता गर्ने बताएको छ । एयरलाइन्स डरलाग्दो आर्थिक संकटबाट गुज्रिरहेको छ, र यसका धेरै विमानहरू आपूर्ति श्रृंखला समस्याका कारण ग्राउन्ड पनि भएका छन् । 

    नगद संकटमा परेको उक्त एयरलाइन्सले कम्पनीका शेयरहोल्डर र ऋणदाताहरुबाट स्वीकृति लिएर कम्पनी विघटन गर्ने ‘स्वैच्छिक दिवालियापन समाधान’ प्रक्रियाका लागि राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) मा आवेदन दिएको छ ।

    ‘स्वैच्छिक दिवालियापन समाधान प्रक्रियाको लागि फाइल गर्नु दुर्भाग्यपूर्ण निर्णय हो । तर कम्पनीको हितका लागि त्यसो गर्नु बाहेक विकल्प रहेन’, कम्पनीका सीईओ कौशिक खोनाले भने । 

    नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले अपरेशनल अड्चनले एयरलाइन्सको आर्थिक स्थितिमा चोट पुर्‍याउनु दुर्भाग्यपूर्ण भएको बताए । सरकारले सरोकारवालाहरुसँग कुराकानी गरि सहयोगका लागि हर सम्भव प्रयास गरिरहेको बताए । ‘न्यायिक प्रक्रिया अघि बढ्नको लागि पर्खनु बुद्धिमानी हो’, उनले भने।

    यसैबीच, भारतको उड्डयन नियामक महानिर्देशनालय नागरिक उड्डयन (डीजीसीए) ले आफ्ना उडानहरू अचानक रद्द गरेकोमा गो फर्स्टलाई कारण देखाउन सूचना जारी गरेको छ । 

    वाडिया ग्रुपको स्वामित्वमा रहेको उक्त एयरलाइन्सले सन् २०१७ मा भारतीय आन्तरिक उडानमा पाँचौँ धेरै हिस्सा ओगटेको थियो ।


    images
    images

    Logo