images
images

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस


  • 217
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस

    काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । 

    उक्त अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ । संसद्‌को पहिलो अधिवेशन वैशाख १५ गते अन्त्य गरिएको थियो ।

    सरकारको सिफारिस बमोजिम  अब राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्। 


    images
    images

    Logo