images
images

स्मार्ट टेलिकमको लाइसेन्स खारेज, तत्काल सम्पत्ति बुझाउन निर्देशन


  • 254
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज, तत्काल सम्पत्ति बुझाउन निर्देशन

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको सुचना जारी गरेको छ । बुधबार प्राधिकरणले एक सुचना जारी गर्दै ललितपुरको कुमारीपाटीमा रहेको स्मार्ट टेलिकमले नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकाले लाइसेन्स खारेज गरिएको जनाएको छ ।

    ‘स्मार्ट टेलिकम प्रा.लिले अनुमतिपत्र नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरि निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा रहेको छ ।

    प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत भनेको छ । नवीकरणका लागि दिईएको समय वैशाख ३ गते साँझ ५ बजे सकिएपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेजीमा परेको थियो ।

    nta.jpg

     


    images
    images

    Logo