काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार १ लाख ८ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुन आज प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।