काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले सोमबार पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्य ३ सय ९ रुपैयाँ घटेर आएको छ । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको छ ।
हाल निगमलाई प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानी रहेको छ ।