काठमाडौं । प्रतिनिधि सभा सदस्यबाट एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या अभियोग लागेका कोइरीलाई मंगलबार निलम्बित गरिएको हो ।
आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको स्रोतले जनाएको छ ।
महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् । उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।