images
images

यातायातका पूर्वउपसचिवविरुद्ध एक करोड १५ लाख भ्रष्टाचारको आरोप


  • 306
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    यातायातका पूर्वउपसचिवविरुद्ध एक करोड १५ लाख भ्रष्टाचारको आरोप

    काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमती सुकेधारा, काठमाडौंका पूर्वउपसचिव सुन्दर भट्टराई विरुद्ध १ करोड १५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । आफूसँग भएको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

    पूर्वउपसचिव भट्टराईले परिवारका सबै सदस्यको आय र अन्य आयसमेत जोड्दा १ करोड ९२ लाख आय देखाएका थिए । खर्च भने आयभन्दा १ करोड १५ लाख रुपैयाँले बढी – ३ करोड ७ लाख रुपैयाँ देखिन आएको छ । सोही कारण आयोगले उनी विरुद्ध भ्रष्टाचार गरि अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको आरोप लगाएको हो । 

    गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती र छोराछोरीको नाममा राखेको कारण उनीहरुलाई समेत आयोगले प्रतिवादी ठहर्याएको छ । पूर्वउपसचिव भट्टराईकी मृत्यु भइसकेकी आमाका नाममा समेत सम्पत्ति भेटिएका कारण उनलाई समेत प्रतिवादी बनाई आयोगले मुद्दा दायर गरेको हो । 


    images
    images

    Logo