काठमाडौं । दार्चुलामा मंगलबार हिमपहिरो गएको आशंका गरिएको छ । मंगलबार दिँउसो व्यास गाँउपालिका १ बोलिनमा गएको हिमपहिरोमा परी ८/९ मानिस पुरिएको आशंका गरि प्रहरी खोजी सुरु गरेको छ ।
यार्सा टिप्न गएका सो टोली त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम परिरोले पुरिएको खवर आएको प्रहरीले जनाएको छ । सोसँगै हिमपहिरोमा पुरिएकाहरुलाई खोजी गर्ने सहस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको प्रहरीले जनाएको छ ।
सो स्थानमा पुग्न करिव ३ घण्टा जति लाग्ने प्रहरीले जनाएको छ ।