images
images

रमण कन्स्ट्रक्सनमाथि सम्झौताअनुसार काम नगरेको आरोप


  • 192
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    रमण कन्स्ट्रक्सनमाथि सम्झौताअनुसार काम नगरेको आरोप

    काठमाडौं । रमण कन्स्ट्रक्सनले ‘ईलाम खानेपानी आयोजना’ को काम सम्झौताअनुसार नगरेको आरोप लागेको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै उपभोक्ताहरुले कन्स्ट्रक्सन कम्पनीले सम्झौताविपरित गुणस्तरहीन सामान प्रयोग गरेको आरोप लगाएका हुन् । 

    एडीबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा बनाइएको उक्त योजनाको संरचना कोरोना महामारीका कारण सम्पन्न हुन सकेको थिएन । तर समय थप्दासमेत काम सम्पन्न नगरेको, बनाएको संरचनामा गुणस्तरहीन सामान प्रयोग गरेको र सम्झौता अनुसार काम नगरेको आरोप उपभोक्ताले कम्पनीलाई लगाएका छन् । 

    अहिले खानेपानी नयाँ पाइपबाट वितरण भएपनि उक्त पानी सम्झौता भएअनुसारको स्थानबाट नल्याइएको उपभोक्ता सुमन श्रेष्ठले बताए । ‘सम्झौताविपरित गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचनाहरु सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरित पाइप फिटिङ्ग गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दुरागामी असर परेको छ,’–श्रेष्ठले भने । 

    सम्झौताविपरित काम गरेको भन्दै उपभोक्ताले रमण कन्स्ट्रक्सनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिइसेका छन् । 


    images
    images

    Logo