काठमाडौं । चालुआर्थिक २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.१६ प्रतिशत हुन अनुमान गरिएको छ । मंगलबार केन्द्रीय तथ्याङ्क कार्यालयले बार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै चालुआर्थिक बर्षको आर्थिक वृद्धिदर १.२६ प्रतिश रहने अनुमान गरेको हो ।
सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।
उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।
एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।



