काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई त्यस्तो पुरस्कार दिइन्छ ।
कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए । उत्कृष्ट प्रदर्सनका आधारमा लामिछानेलाई प्लेयर अफ दि टुर्नामेन्टबाट पुरस्कृत गरिएको हो ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ। सो उपाधिसँगै नेपालले पहिलोपटक एसिया कपमा स्थान बनाएको छ ।