images
images

लुम्विनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत 


  • 199
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    लुम्विनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत 

    काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री चौधरीले दोस्रो पटक विश्वासको मत पाएका हुन् । उनीको पक्षमा ५३ र विपक्षीमा २९ मत परेको हो । त्यस्तै, ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएन ।

    लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । 

    यसअघि ११ वैशाखमा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि ८ दलका ५२ र १ स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा विहीबार अथात् बैशाख १४ गते चौधरी  मुख्यमन्त्री नियुक्त भएका थिए ।

     


    images
    images

    Logo