images
images

ठगीमा संलग्नताको आरोपमा इन्द्रजीत राई पक्राउ


  • 236
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    ठगीमा संलग्नताको आरोपमा इन्द्रजीत राई पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा संविधानसभा सदस्य इन्द्रजीत राई पक्राउ परेका छन् ।

    राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले राससलाई जानकारी दिए । 

    राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्न भएको समाचार प्रकाशित भएको थियो । 

    उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य ५ जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ  पुगेको  छ । उनी रामबहादुर थापा गृहमन्त्री हुँदा थापाका सुरक्षा सल्लाहकार थिए । 


    images
    images

    Logo