images
images

राष्ट्रपतिले भारतमा गरेको उपचार खर्च आफैँले बेहोर्ने


  • 225
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    राष्ट्रपतिले भारतमा गरेको उपचार खर्च आफैँले बेहोर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने भएका छन् । बुधबार राष्ट्रपति स्वीकय सचिवालयले एक सुचना जारी गर्दै भारतमा गएर गराएको उपचार खर्च आफैँ बेहोर्ने  घोषणा गरेका हुन् ।

    उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति  पौडेल को स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै  भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । 

    ११ दिन उपचार गराएर राष्ट्रपति आइतबार राति स्वदेश फर्किएका थिए । 

    344287942_788889515913308_4574331538608987520_n.jpg


    images
    images

    Logo