काठमाडौं । हिमालयन बैंककाे ११ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले आज एक सुचना जारी गर्दै १५ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ११ लाख ११ हजार ७ सय १९ कित्ता संस्थापक शेयरको लागि आवेदन माग गरेको हो ।
हाल बैंकमा कायम रहेको जुनी गुरुङको नाममा रहेको ६ हजार ३ सय ४६ कित्ता, लाल काजी गुरुङको नाममा रहेको ३१ हजार ७ सय ४५ कित्ता, स्वदेश गुरुङको नाममा रहेको ६ हजार ३ सय ४६ कित्ता र अम्विका मोहन जोशीको नाममा रहेको ३ हजार ६ सय ७६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
त्यस्तै, जोग लाल लामाको नाममा रहेको २ लाख २५ हजार ७ सय २४ कित्ता, सुमन श्रेष्ठको नाममा रहेको ३८ हजार ८ सय ७४ कित्ता, नारायण प्रसाद रिमालको नाममा रहेको ६३ हजार ६ सय ९५ कित्ता, हिमाल विक्री मल्ल ठकुरीको नाममा रहेको २ लाख ४४ हजार ७ सय ४३ कित्ता, प्रेम ध्वज लामाको नाममा रहेको १ लाख ४७ हजार ४ सय ४५ कित्ता, जय लाल श्रेष्ठको नाममा २० हजार ८ सय ८३ कित्ता, काशिराम ढकालको नाममा रहेको ९ सय ४ कित्ता, बजरंग मारवाडीको नाममा रहेको १९ हजार ७ सय ४६ कित्ता, सुनिचा अग्रवालको नाममा रहेको १ लाख ४८ हजार १ सय ५१ कित्ता, जगदिश कुमार अग्रवालको नाममा रहेको १ लाख ४८ हजार १ सय ५१ कित्ता र हरि प्रसाद राईको नाममा रहेको ५ हजार २ सय ८८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।



