images
images

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 365
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको महास‌ंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo