images
images

यूएई ३३.१ मा अलआउट, नेपालले पायो ११८ रनको लक्ष्य 


  • 212
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    यूएई ३३.१ मा अलआउट, नेपालले पायो ११८ रनको लक्ष्य 

    काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले ११८ रनको लक्ष्य पाएको छ । यूएई ३३.१ मा १ सय १७ रनमा अलआउट भएसंगै नेपालले सो लक्ष्य पाएको हो । सोमबार वर्षाका कारण रद्द भएको नेपाल यूएई बीचको फाइनल खेल आज ९ वजे सोहि अवस्थाबाट पुनः शुरु भएको थियो । 

    आज युएईले ११ थप ११ रन जोड्दै एक विकेट गुमाएको थियो । पछिल्लो विकेट पनि ललित राजवंशीले लिएका थिए । सो संगै ललितले ७.१ ओभरमा दुई मेडन राख्दै १४ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका छन् । त्यसैगरी सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिएभने सोमपाल कामी र गुल्सन झाले समान एक विकेट हात पारपछि युएईको पारी सस्तैमा समेटिएको हो । 

    सोमबार टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि खेल आजका लागि सारिएको थियो । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । 

    आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।


    images
    images

    Logo