images
images

पाएको जिम्मा इमान्दारीपूर्वक निर्वाह गरौं, रुवावासी गर्नै पर्दैन : कांग्रेस महामन्त्री थापा 


  • 203
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    पाएको जिम्मा इमान्दारीपूर्वक निर्वाह गरौं, रुवावासी गर्नै पर्दैन : कांग्रेस महामन्त्री थापा 

    भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकले पार्टीको भविष्यबारे चिन्ता भन्दा पनि पाएको जिम्मेवारी इमान्दारीतुर्वक पुरा गर्नुपर्ने बेला आएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले आम निर्वाचन आउँन बाँकी ४ वर्षमा कांग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्ने बताए ।

    उपनिर्वाचनको परिणाम पछि पार्टीको अवस्था के होला भनेर चिन्ता गर्ने होईन कि सरकार यसरी पो चलाउनु पर्छ भन्ने हिम्मत बटुल्नुपर्ने बताउँदै थापाले जो जहाँ छौं त्यही राम्रो काम गर्नुको बिकल्प नभएको बताए । हामी जुन कुरामा चिन्ता गर्नुपर्ने त्यो कुरामा चिन्ता गरिरहेका छैनौं भन्दै थापाले जुन कुरामा अहिले चिन्ता गर्नुपर्ने होईन त्यो कुरामा किन चिन्ता गर्ने भनि प्रश्न गरे । पार्टीभित्र अहिलेको चिन्ता के हो भने पाएको मौकाको सदुपयोग गर्न सक्छौ या सक्दैनौ भन्ने रहेको महामन्त्री थापाको भनाई थियो ।

    ‘‘काँग्रेसले नेतृत्व गरेका हजारौं वडा छन् । केन्द्रको सरकार छ, ७ वटा प्रदेशको सरकारमा कहीं सहभागी भएका छौं, कहीं नेतृत्व गरिरहेको छौं, तिनमा अझै ४ बर्षको समय छ, त्यहाँ प्रतिबद्ध भएर काम गरौं” थापाको भनाई थियो । देशका ३२९ वटा पालिकामा कांग्रेसले जितेको बताउँदै थापाले थपे, “आत्मबिश्वासका साथ त्यहाँ ४ बर्ष राम्रो काम गर्न सक्दैनौं भने फेरि हामीले काम गर्ने मौका किन पाउने रु” ‘‘सरकारमा हुँदा काम नगरेर नागरिकको मन जित्न नसक्ने हो भने फेरि सरकारमा दोहो¥याएर किन पुग्ने चिन्ता गर्नुप¥यो” थापाको प्रश्न थियो ।

    आर्थिक संकटको बेला गज्जबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्ने बताउँदै थापाले उपनिर्वाचनमा हामी कहाँनेर चुक्यौ सच्याउनका लागि पार्टीमा छलफल, समीक्षा र आत्ममुल्यांकन गरिरहेको जानकारी दिए । नेतृत्व लगायत पार्टीमा बस्ने सबैले कमजोरी सच्याए पार्टी ठीक ठाउँमा आउने थापाको भनाई थियो । पार्टीभित्रको समस्या खोजी गर्न जरुरी रहेको बताउँदै समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको थापाले बताए ।

    कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, महासचिव योगेन्द्र कुँवर, निबर्तमान जिल्ला सभापति विष्णु खड्का लगायतले श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमै कार्यान्वय गर्न स्वदेशमा रोजगारीको प्रर्याप्त अवसर उपलब्ध गराई श्रमिकको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनपर्नेमा जोड दिए । टे«ड युनियन कांग्रेस भक्तपुरको सातौं जिल्ला अधिवेशनले लक्ष्मीशोभा प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।


    images
    images

    Logo