images
images

नर्स मृत्यु प्रकरण : डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता


  • 288
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    नर्स मृत्यु प्रकरण : डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता

    काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । 

    प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । जाहेरी दर्तापछि आज बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र भोलि मङ्गलबार अदालतबाट अनुमति लिइने प्रहरीले तयारी गरेको छ । 

    स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ । 


    images
    images

    Logo