images
images

रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु


  • 349
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

    चीन । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एक जना अझै बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ।

    घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको  जनाइएको छ ।


    images
    images

    Logo