images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गर्यो ३६ वटा विभाग, कुन विभागको प्रमुख को ? 


  • 371
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गर्यो ३६ वटा विभाग, कुन विभागको प्रमुख को ? 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभाग गठन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले ३६ यस्तो निर्णय गरेको हो । जसमा नीति तथा विभाग र प्रशिक्षण विभागको प्रमुखमा मुकुल ढकाल चयन भएका छन् । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् । 

    त्यस्तै, मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय आरएट संयोजन विभागमा विष्णु कुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संसाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख चयन भएका छन् ।

    यसैगरी आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन भएका छन् । 

    विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम  र अर्थ नीति विभागमा डा स्वर्णिम वाग्ले प्रमुख चयन भएका छन् । 

    यसैगरी सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग र युवा तथा खेलकुद विभागको प्रमृखमा डा. तोसिमा कार्की चयन भएकी छिन् । त्यस्तै, , कृषि विभागको प्रमुखमा अशोक चौधरी, पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा बिराज भक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुल, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख चयन भएका छन् । 

    यसै गरी पूर्वाधार अनुगमन विभागमा निशा डाँगी,  विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार। सहकारी विभागमा अशोक चौधरी, बन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख चयन भएको छन् । 

    1_A4UmA98e4a.jpg

    2_rK2T3HhEF8.jpg


    images
    images

    Logo