काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुख समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
कार्यकारी निर्देशक आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । उनी विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले नेपाली कांग्रेसका विभिन्न समितिहरुमा रहेर कार्य गरिसकेका छन् ।