काठमाडौं । प्रहरी प्रधान कार्यालयले हत्या अभियोगमा फरार नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने सहयोग माग्दै संसद सचिवालयलाई पत्र पठाएको छ । प्रहरीले कोइरीलाई पक्राउ गर्न दोस्रो पटक पत्र लेखेको हो । यसअघि प्रहरी प्रधान कार्यालयले पुस ७ गते कोइरी फरार रहेको भनी सदनलाई पत्र लेखेको थियो ।
कोइरीलार्ई २०७२ भदौ २५ गते मधेश आन्दोलनको क्रममा सहस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन वि.कलाई घेरा हाली कुटपिट गरि हत्या गरेको आरोपमा कोइरीविरुद्ध कतैव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन अवस्थामा रहेको छ ।
जिल्ला अदालतले महतोलाई १ लाख रुपैयाँ धरौटीमा छोडन आदेशमा उच्च अदालतले जनकपुरधामले २०७७ साल मसिंर १९ गते थुनामा राखी पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसपछि कोइरी फरार रहेका छन् । फरार रहेको अवस्थामा कोइरी २०७९ साल मसिंर ४ गते प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रहरी प्रधान कार्यालयका तर्फबाट महानिरीक्षक टेकप्रसाद राईले २०७९ साल पुस ७ गते सांसद कोइरी फरार रहेको सुचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेका थिए । तर सभामुखले नयाँ नियमावली पारित भएपछि फेरि प्रहरीबाट पत्र आउनुपर्ने अडान लिएका थिए ।
प्रहरीले यस पटक सभामुखलाई नै सम्वोधन गरेर पत्र लेखेको छ ।



