काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा खेल वर्षका कारण रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएसँगै खेल रोकिएको हो ।
खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए । भने नेपालका लागि करण केसीले २ सन्दिप लामिछानेले १, सोमपाल कामीले १, ललित राजवंशीले १ विकेट लिएका छन् ।