काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।