काठमाडौं । कुमारी बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले बैशाख १९ गतेदेखि जेष्ठ २३ गतेसम्म लिलामीमा विक्री गर्ने भएको हो ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथामिकताको साथ अन्य इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्युनतम मूल्य प्रतिशेयर ११९ रुपैयाँ नघटाइ आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
बोलकबोल पेश गर्दा संस्थापक तर्फ न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिनसक्नेछन् । उक्त शेयर खरिद गर्ने इच्छुक व्यक्ति आफुले लिन चाहेको कित्ता अंकर र अक्षरमा स्पष्ट रुपमा खुलाई आवेदन दिनसक्ने बैंकले जनाएको छ ।