images
images

एसीसी प्रिमियर कपको फाइनल खेल शुरु, नेपाल टस जितेर बलिङमा


  • 229
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    एसीसी प्रिमियर कपको फाइनल खेल शुरु, नेपाल टस जितेर बलिङमा

    काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल शुरु भएको छ । खेल अहिले बिहान ९ वजे किर्तिपुरमा शुरु भएको हो । नेपाल टस जितेर युएईलाई ब्याटिङको निम्ता दिएको छ । नेपालका करण केसी पहिलो ओभर बलिङमा आएका छन् । केसीले पहिलो ओभरमा एक रन मात्र खर्चिएर उत्कृष्ठ बलिङ गरेका छन् ।   

    पाकिस्तानमा यसै वर्ष आयोजना हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमले आज एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० को सामना गर्दैछ । प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्ने भएकाले पनि यो खेललाई नेपालले प्रतिष्ठाको विषय बनाएको छ । यद्यपी नेपाल हालसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

    आईसीसीका पूर्ण सदस्य रहेका भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्न नेपालले आज यूएईलाई पन्छाउनै पर्ने बाध्यता छ । किर्तिपुरस्थित क्रिकेट रंगशालामा हुने खेल ९ वजे शुरु हुनेछ । 

    प्रतियोगितामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई कायम राख्दै एसिया कपमा छनौट हुन चाहन्छ । त्यसका लागि नेपाललाई घरेलु मैदान र हजारौं दर्शकको साथ रहेको छ । पछिल्ला १३ खेलमा अपराजित रहेको नेपाल उच्च मनोवलका साथ युएईसंग मैदान उत्रने छ ।


    images
    images

    Logo