images
images

इ-रिक्सा तथा टेम्पो महिला चालकलाई सम्मान


  • 197
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    इ-रिक्सा तथा टेम्पो महिला चालकलाई सम्मान

     वैशाख । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा इ-रिक्सा तथा टेम्पो महिला चालक सम्मानीत भएका छन् । बुटवल उपमहानगरपालिकाले इ रिक्सा तथा टेम्पो  महिला चालकलाई सम्मान गरेको हो ।

     श्रमिक दिवसको अवसरमन बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना महिला चालकलाई  सम्मान गरिएको हो ।

    आइतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालक भएका इ-रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

    पाण्डेयले इ-रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने तयारी गरिरहेको बताउँदै बुटवलमा महिलालाई प्रोत्साहन गर्न महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने जानकारी दिए ।

     बुटवलमा इ-रिक्सा र टेम्पो चालक महिला स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको प्रमुख पाण्डेयको भनाइ थियो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाल, रिक्सा चालक महिलाहरु सुशीला अर्याल, मीना नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


    images
    images

    Logo