images
images

वीर अस्पतालमा कार्यरत स्टार्फ नर्स मृत फेला


  • 336
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    वीर अस्पतालमा कार्यरत स्टार्फ नर्स मृत फेला

    काठमाडौं । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित १ जना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

    उनले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए। घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । 

    प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।


    images
    images

    Logo