images
images

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको लागि बोर्डले गठन गर्यो मुल्यांकन समिति 


  • 293
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको लागि बोर्डले गठन गर्यो मुल्यांकन समिति 

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको लागि मुल्यांकन समिति गठन गरेको छ । आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले नकानु न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा ४ जनाको समिति गठन गरेको हाे । 

    उक्त समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री सदस्य छन् ।

    यस्तै, मूल्याकंन समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीसमेत सदस्य छन् ।समितिलाई स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्ज सञ्चालनका लागि परेका निवेदन मूल्यांकन गर्दै सञ्चालक समितिमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

    समितिलाई यथासक्य छिटो काम सक्ने जिम्मेवारी दिइए पनि समय सीमा भने निर्धारण गरेको छैन् । बोर्डमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जले निवेदन दिएका छन् ।

    यस्तै, कमोडिटीज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज, मल्टी एसेटस् एण्ड डेरिभेटिभ एक्सचेञ्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेञ्जले निवेदन दिएका छन् ।


    images
    images

    Logo