images
images

स्वास्थ्य प्रणाली सुदृढका लागि नेपाललाई विश्व बैंकको १३ अर्ब अनुदान


  • 214
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    स्वास्थ्य प्रणाली सुदृढका लागि नेपाललाई विश्व बैंकको १३ अर्ब अनुदान

    विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न १० करोड डलर (करिब १३ अर्ब) अनुदान स्वीकृत गरेको छ । शुक्रबार बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम’ सञ्चालनका लागि उक्त अनुदान स्वीकृत गरेको हो । 

    कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने र स्वास्थ्य बीमाको कभरेज बढाउने लक्ष्य लिएको छ । साथै, उक्त कार्यक्रमले कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य आपतकालमा तत्कालै सेवा दिन सक्ने गरि स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धि गर्नेछ । 

    ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर लगानी गरे नेपालले सुधारिएको स्वास्थ्य स्थिति, उत्पादकत्वमा वृद्धि र आर्थिक विकास लगायतका कयौं लाभ उठाउन सक्छ ’, माल्दिभ्स, नेपाल र श्रीलङ्का का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेभोर्सले भने । विश्व बैंकले स्वास्थ्य प्रणाली नीति र योजना र सेवा प्रवाहलाई गुणस्तरीय बनाउने नेपालको लक्ष्यलाई समर्थन गर्ने उनले बताए । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग समन्वय गरि उक्त कार्यक्रम संघीय स्तरमा र कोशी तथा गण्डकी प्रदेशका प्रदेश र स्थानीय स्तरमा सञ्चालन गर्नेछ । जसले नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० को रणनीतिक उद्देश्य हाँसिल गर्न मद्दत पुग्नेछ । उक्त योजनाले स्वास्थ्य प्रणालीको दक्षता र प्रतिक्रियाशीलता अभिवृद्धि, स्वास्थ्यमा दिगो फाइनान्सिङ, सामाजिक सुरक्षा प्रवद्र्धन र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको समान पहुँच बनाउने जस्ता लक्ष्य लिएको छ । 

    ‘पहुँच र गुणस्तरका मुद्दाहरूलाई सम्बोधन गर्न र बलियो सार्वजनिक स्वास्थ्य क्षेत्र सिर्जना गर्न, कार्यक्रमले संघीयता कार्यान्वयनलाई समर्थन गर्दछ र स्वास्थ्य क्षेत्रमा परिणामहरूको लागि नेपालको पहिलो कार्यक्रमको निर्माण गर्दछ ’ दक्षिण एशिया क्षेत्रका लागि स्वास्थ्य, पोषण र जनसंख्या अभ्यास प्रबन्धक डा फेङ झाओले भने । ‘यस कार्यक्रम मार्फत प्राप्त परिणामहरू अन्य क्षेत्राधिकारहरूमा विस्तार गर्न सकिन्छ ’ उनले भने । 

    उक्त कार्यक्रमका लागि फाइनान्सिङ स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया (एचईपीआर) बाट हुनेछ । एचईपीआर ट्रस्ट कोषले योग्य राष्ट्रहरू र क्षेत्रहरूलाई मानिसहरूमा महामारीको प्रभावहरू अनुमान गर्न, रोक्न, प्रतिक्रिया दिन र कम गर्ने क्षमतालाई बलियो बनाउन मद्दत गर्दछ ।


    images
    images

    Logo