भक्तपुर । १४ वर्षीया २ जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोकका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका २ मा बस्ने २२ वर्षीय कर्मा तामाङ रहेका छन् ।
तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्याई विभिन्न प्रलोभन पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरीको परेका र सोही उजुरीकाआधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।