images
images

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा


  • 264
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको सो पार्टीले जनाएको छ ।

    उक्त पार्टीको संसदीय दलको बैठक सोमबार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए । 

    यही वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित हुनु भएसँगै शुक्रबार शपथ लिएका थिए


    images
    images

    Logo