काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक पेट्रोल पम्प सिल गर्ने भएको छ । महानगरले उध्m पम्प मापदण्ड विपरित रहेको भन्दै सिल गर्न लागेको हो ।
उक्त पेट्रोलपम्प साढे ४ तले घरको भुइँतल्लामा सञ्चालनमा भइरहेको छ । पम्प रहेकै घरमा मानिसको बसोबास रहेको र वरपर मानिसको बस्ती पनि भएकाले उक्त पम्प सिल गर्न लागेको हो ।
नगरपालिका भित्र पम्प सञ्चालनका गर्नका लागि कम्तिमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन चाहिने नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ मा उल्लेख गरिएको छ । तर उक्त पेट्रोलपम्प सो विनियमावली अनुसार नभएका कारण सिल गर्न महानगरको टोली त्हाँ पुगेको हो ।