images
images

'हिमालय लोकस्टार'को उपाधि विश्वकर्मालाई


  • 264
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    'हिमालय लोकस्टार'को उपाधि विश्वकर्मालाई

    काठमाण्डौं । बलराम विश्वकर्मा नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बनेका छन् । बुधबार  सम्पन्न फाइनल प्रतिस्पर्धामा विजेता विश्वकर्माले सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँलालाई पछिपार्दै विजेत ाबनेका हुन् । 

    विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहितका पुरस्कार प्राप्त गरेका छन् । “मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ”, उनले खुसी व्यक्त गर्दै भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए । 

    प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित हुंदै तीन लाख नगदसहित पुरस्कार हात पारे । यस्तै क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै  दुई लाखसहितका पुरस्कार प्राप्त गरे । भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।


    images
    images

    Logo