images
images

भुक्तानी नदिएपछि निर्माण व्यवसायीले कार्यकक्षमै थुने भौतिक पूर्वाधार ​​​​​​​सचिव


  • 214
    SHARES
  • २०८० बैशाख १३ गते बुधबार

    भुक्तानी नदिएपछि निर्माण व्यवसायीले कार्यकक्षमै थुने भौतिक पूर्वाधार ​​​​​​​सचिव

    जनकपुरधाम । निर्माण व्यवसायीहरूले मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्र कार्यकक्षमै थुनेका छन् । भुक्तानी दिन आलटाल गरेको भन्दै निर्माण व्यवसायीहरूले बुधबार सचिव मिश्रलाई कार्यकक्षमै थुनेका हुन् ।

    काम सम्पन्न गरेको डेढ वर्ष बिते पनि भुक्तानी प्रक्रिया अगाडि नबढाएपछि बाध्य भएर तालाबन्दी गरेको निर्माण व्यवासायी खुसीलाल ठाकुरले बताए । 

    ‘भुक्तानी दिन भन्दा अदालतमा जानुस् भन्छन् । सचिवस्तरको कर्मचारीले यस्तो कुरा गर्न मिल्छ ?’ आक्रोशित हुँदै ठाकुरले भने,‘हामीले इमान्दारिपूर्वक काम गरेका छौँ । कर्मचारीले पनि कानुनअनुसार भुक्तानी दिनुपर्छ ।’

    उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत स्वच्छता अभियानअन्तर्गतको विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी बाँकी छ । उपभोक्ता समितिको पनि करिब एक अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ ।


    images
    images

    Logo