काठमाडौं । स्वस्थ्य मन्त्रालयले निजी अस्पतालाई विभिन्न विषयमा ४ वटा निर्देशन दिएको छ । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड लागु गर्ने सम्बन्धमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै मन्त्रालयले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेको भन्दै त्यसलाई रोक्न भनेको हो ।
त्यस्तै, मापदण्ड अनुसार अस्पतालहरुले कुल शैयाको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे विरामीका लागि छुट्याउनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्न भनिएको छ ।
त्यस्तै, अस्पतालको बाहिर नागरिक वडापत्र राख्न तथा अस्पतालमा कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था समेत कडाइका साथ लागु गराउन मन्त्रालयको परिपत्र छ ।