काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले श्रेष्ठलाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको छ । यस अघि श्रेष्ठ कम्पनीको नायब महाप्रबन्धकको रुपमा काम गर्दै आएका थिए ।